काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा सुरु भएको छ ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साधारण सभा सुरु भएको हो । युवा तथा खेलकुद मन्त्री दावा लामाले साधारण सभाको उद्घाटन गरेका छन ।
कोरोना भाईरसको महामारीको कारण पटक पटक स्थगित हुँदै आईरहेको एन्फाको साधारण सभा आज हुन लागेको हो ।
यस अघि भदौ १५ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको थियो । साधारण सभामा कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ ।
जोशीले अनुमति ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको बटेजलाई साधारण सभामा प्रस्तुत गर्ने छन् । त्यस्तै एन्फाले मनाङ, खोटाङ र नवलपरासी सुस्ता पूर्व जिल्लाहरुलाई एन्फा सदस्यता प्रदान गर्न साधारण सभामा निर्णयार्थ प्रस्तुत गर्ने छ । साधारण सभाले पारित गरेमा एन्फाको सदस्य जिल्ला ४८ पुग्ने छ ।