Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय महिला लिग फुटबल आजदेखि, त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्दैं

राष्ट्रिय महिला लिग फुटबल आजदेखि, त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्दैं

  • बुधवार, माघ ७ २०७७

  • 1.1K
    SHARES

  • राष्ट्रिय महिला लिग फुटबल आजदेखि,  त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्दैं

    काठमाडौं । आजदेखि सुरु हुने राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् ।

    खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुने छ । उद्घाटन पछिका अरु खेल भने एन्फाको मैदान सातदोबाटोमा हुने छन् । एन्फाले महिला लिगको उद्घाटन खेल हेर्नका लागि दर्शकलाई निःशुल्क प्रवेशको सुविधा दिएको छ । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोली सहभागी हुने छन् ।

    यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन् । प्रतियोगितोको विजेता टोलीले १० लाख रुपैयाँ, दोस्रो हुनेले ८ लाख, तेस्रो हुनेले ५ लाख, चौथो हुनेले ३ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ ।


    बुधवार, माघ ७ २०७७०८:२१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij