Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

युभेन्ट्सले जित्यो सुपर कपको उपाधि

युभेन्ट्सले जित्यो सुपर कपको उपाधि

  • बिहिवार, माघ ८ २०७७

  • 1.2K
    SHARES

  • युभेन्ट्सले जित्यो सुपर कपको उपाधि

    एजेन्सी । युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।

    युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

    खेलको ८० औं मिनेटमा नापोलीले बराबरी गर्ने मौका गुमायो । उसका लोरेन्जोले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । यससंगै युभेन्ट्सले नवौं पटक सुपर कप फुटबलको उपाधि जितेको छ ।


    बिहिवार, माघ ८ २०७७०७:०३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij