Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाबुरामको कटाक्ष : कोरोनासँगै ओली भाइरससँग पनि लड्नु छ !

बाबुरामको कटाक्ष : कोरोनासँगै ओली भाइरससँग पनि लड्नु छ !

  • बिहिवार, माघ ८ २०७७

  • 1.3K
    SHARES

  • बाबुरामको कटाक्ष :  कोरोनासँगै ओली भाइरससँग पनि लड्नु छ !

    काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल भित्रिन लागेको कोरोना भाइरसविरुद्धको खोपप्रति टिप्पणी गर्नुभएको छ ।

    भारत सरकारले नेपाललाई कोरोनाविरुद्ध १० लाख डोज भ्याक्सिन अनुदानमा उपलब्ध गराउने भएपछि नेता भट्टराईले खोप पनि मागेर ल्याउनुपर्ने अवस्था आएको भन्दै टिप्पणी गर्नुभएको हो ।

    उहाँले कोरोनाविरुद्धको खोप मागेरै ल्याउनुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री केपी ओलीको कटाक्ष पनि गर्नुभएको छ ।

    नेता भट्टराईले बिहीबार सामाजिक संजाल ट्टीटरमा लेख्नुभएको छ, मागेको धोतीले मेरो लाज छोपिन्न,’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो, ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ। त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे बाँकीलाई कहिलेसम्म होला, कता हात थाप्ने होला,! फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ।

     


    बिहिवार, माघ ८ २०७७११:२७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij