Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपाल आइपुग्यो भारतले दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप

नेपाल आइपुग्यो भारतले दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप

  • बिहिवार, माघ ८ २०७७

  • 1.3K
    SHARES

  • नेपाल आइपुग्यो भारतले दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप

    काठमाडौं । भारतले अनुदान स्वरुप दिएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ।

    एयर इन्डियाको विमानमार्फत बिहान साढे ११ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो। उक्त खोप केहीबेरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने छन्।

    खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिने छ। मन्त्रालयले खोप आएको एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरेको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ खोप लगाउने अभियान सुरु हुने छ।

    ‘भारतबाट आउने पहिलो चरणको खोप ७७ वटै जिल्लाका अस्पतालहरुबाट एकैपटक लगाइन्छ,’ डा.अधिकारीले भन्नुभयो, ‘उक्त खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइन्छ।’


    बिहिवार, माघ ८ २०७७१२:३३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij