Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

इङ्ग्लिस प्रिमियर लिगमा बर्नलीसँग लिभरपुल पराजित

इङ्ग्लिस प्रिमियर लिगमा बर्नलीसँग लिभरपुल पराजित

  • शुक्रवार, माघ ९ २०७७

  • 1.0K
    SHARES

  • इङ्ग्लिस प्रिमियर लिगमा बर्नलीसँग लिभरपुल पराजित

    काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।

    गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो । बर्नलीको जितका लागि ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा आस्ले बार्नेसले गरेको गोल नै निर्णायक बन्यो ।

    पराजित भएको लिभरपुल १९ खेलबाट ३४ अङ्कसहित चौथो स्थानमा छ । जित निकालेको बर्नली १८ खेलबाट १९ अङ्कसहित १६ औँ स्थानमा उक्लिएको छ । यो हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुङ्गिएको छ । लिभरपुलको यो सिजनको तेस्रो हार हो ।


    शुक्रवार, माघ ९ २०७७०७:३८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij