Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप : प्रदेश १ को पहिलो जित

प्रधानमन्त्री कप : प्रदेश १ को पहिलो जित

  • शुक्रवार, माघ ९ २०७७

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री कप : प्रदेश १ को पहिलो जित

    काठमाडौं । कर्णाली प्रदेशलाई ५९ रनलाई पराजित गर्दै प्रदेश १ ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

    प्रदेश १ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर मात्र १ सय ५६ रन बनाउन सक्यो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्ते निश्चल रावलले ३१ रन बनाउँदा कप्तान रवीन्द्रजंग शाहीले १८ रन बनाए ।

    बलिङतर्फ प्रदेश १ का लागि मिनाश थापाले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ २ मेडन ओभर फालेर २६ रन खर्चे । प्रदेश १ का लागि दीपेश कँडेलले तीन विकेट लिँदा मनोज तामाङले दुई विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१५ रन बनाएको थियो । उसका लागि सिद्धान्त लोहनीले अर्धशतकीय पारी खेले । ९७ बल खेलेका उनले ९ चौकाको सहयोगमा ६६ रन बनाएका हुन् ।

    त्यस्तै शुभाकर औरले ३६ रन बनाउँदा मनिस थापा २५ तथा श्रावण यादवले १७ रन बनाए । बलिङतर्फ कर्णालीका लागि रवीन्द्र शाहीले ३ विकेट लिए । त्यस्तै दिनेश अधिकारी र अनुज चुनराले समान २–२ विकेट लिँदा दिवान पुन र राज शाहले समान १-१ विकेट लिए ।


    शुक्रवार, माघ ९ २०७७०७:४०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij