Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने

नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने

  • आइतवार, माघ ११ २०७७

  • 1.2K
    SHARES

  • नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने

    काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे बाह्र बजे बस्ने जानकारी दिनुभएको छ । यसअघि शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।

    आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताउनुभयो ।


    आइतवार, माघ ११ २०७७०५:३३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij