Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
कोरोनाविरुद्धको खोप

कोरोनाविरुद्धको खोप आजदेखि क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी हुने

कोरोनाविरुद्धको खोप आजदेखि क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी हुने

कोरोना खोप लगाउने चार लाख ३० हजारको सूची तयार
  • आइतवार, माघ ११ २०७७

  • 1.1K
    SHARES

  • कोरोनाविरुद्धको खोप आजदेखि क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी हुने

    काठमाडौं । भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप सरकारले आइतबारदेखि क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्दै छ । त्यहाँबाट जिल्लाहरूमा वितरण हुनेछ । खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ । उनीहरूको संख्या दुई लाख २५ हजार सात सय ८२ छ । बाँकी सरसफाइकर्मी, एम्बुलेन्सचालक, शववाहनचालक, महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी छन् ।

    केही दिनभित्रै ७७ वटै जिल्लामा एकसाथ खोप अभियान सुरु गरिने मन्त्रालयले जनाएको छ । खोप लगाउन कसैलाई बाध्य भने पारिनेछैन । महाअभियान भएकाले कोभिड संक्रमित भई निको भएका र नभएका सबैले स्वेच्छाले खोप लगाउन सक्नेछन् ।

    स्रोतका अनुसार स्वास्थ्य सेवा विभागले खोप शनिबार नै क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्न तीनवटा गाडी तयार गरिसकेको थियो । तर, मन्त्रालयले स्वीकृति दिइनसकेका कारण जान पाएनन् । ‘नयाँ खोपका प्रयोग गर्न विभागलाई स्वास्थ्य मन्त्रालयले स्वीकृति दिनुपर्छ । त्यसको पत्र आइनसकेका कारण शनिबार गाडी जान पाएनन् । आइतबार स्वीकृति आउनेबित्तिकै जान्छन्,’ विभाग स्रोतले भन्यो ।

    अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । एक भायलमा १० डोज खोप हुन्छ । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय खोप भण्डारणगृहमा राखिएको छ । महामारी नियन्त्रणमा फ्रन्टलाइनमा खटिएकाको संख्याका आधारमा ती खोप विराटनगर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    खोपविज्ञ डा। श्यामराज उप्रेतीकाका अनुसार एक व्यक्तिले दुई डोज खोप लगाउनुपर्छ । पहिलो खोप लिएको २८ दिनपछि मात्रै दोस्रो डोज लगाइनेछ । ‘कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास हुन्छ । चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्छ,’ उप्रतीले भन्नुभयो ।

    यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


    आइतवार, माघ ११ २०७७०६:३९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij