Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश २ पराजित

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश २ पराजित

  • आइतवार, माघ ११ २०७७

  • 918
    SHARES

  • प्रधानमन्त्री कपमा सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश २ पराजित

    काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सान्त्वना जित निकालेको हो ।

    टियु क्रिकेट मैदानमा प्रदेश-२ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

    सुदूरपश्चिमको जितमा सन्जु धिमालले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान खडक बोहोराले ४३ रन जोड्दा गजेन्द्र बोहोराले ३९ रन बनाए ।

    अरुण ऐरीले १९ रन जोड्दा अर्जुन साउद ७ रनमा आउट भए । प्रदेश-२ का कुमार थापाले ३ विकेट लिए । यस्तै हरिशंकर साहले २ तथा विवेक यादव र रबि साहले १-१ विकेट लिए ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो । प्रदेश-२ का हरिशंकर साहले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

    यस्तै विवेक यादवले ४१ रन जोड्दा महबुब आलमले २३ रन जोडे । राहुल प्रताप सिंह १२ रन आउट हुँदा कुमार थापा ११ रनमा अविजित रहे ।

    सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३/३ विकेट लिए । अरुण ऐरीको नाममा २ विकेट रह्यो ।

    जितसंगै समूह 'बी' सुदूरपश्चिमले ४ खेलमा २ अंक जोड्यो । सुदूरपश्चिम प्रतियोगिताबाट यस अघि नै बाहिरिसकेको छ । यस हारसंगै प्रदेश-२ पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

    प्रदेश-२ ले ३ खेलमा अंक जोड्न सकेको छैन । पुछारको प्रदेश-२ को लगातार तेस्रो हार हो ।

    अन्तिम खेलमा प्रदेश-२ ले नेपाल पुलिससँग खेल्नेछ 

     


    आइतवार, माघ ११ २०७७०७:५२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij