Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पीएम कप प्रतियोगितामा आजपनि दुई खेल हुँदै

पीएम कप प्रतियोगितामा आजपनि दुई खेल हुँदै

  • सोमवार, माघ १२ २०७७

  • 665
    SHARES

  • पीएम कप प्रतियोगितामा आजपनि दुई खेल हुँदै

    काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (सोमबार) दुई खेलहरु हुँदैछ ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

    आर्मी र एपीएफ दुबै समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । समूह ’ए’ मा रहेका दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

    तर, यस खेलले समूह विजेता र उपविजेता तय हुनेछ । त्यसैले दुबै टिम जित निकाल्दै समूह विजेता बन्दै अन्तिम चारमा पुग्न चाहन्छ । यस समूहमा एपीएफ ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश-२ सँग प्रतिस्पर्धा गर्नेछ । यस खेल नेपाल पुलिसका लागि निकै महत्वपूर्ण रहेको छ ।

    पुलिस प्रदेश-२ लाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।


    सोमवार, माघ १२ २०७७०८:३६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij