Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप: विजेताले १० लाख पाउने

प्रधानमन्त्री कप: विजेताले १० लाख पाउने

  • मंगलवार, माघ १३ २०७७

  • 773
    SHARES

  • प्रधानमन्त्री कप: विजेताले १० लाख पाउने

    काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्ने भएको छ ।

    नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले मंगलबार प्रतियोगिताको विजेतालाई १० लाख दिने निर्णय गरेको हो । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टिमले ५० हजार पाउने छन् । प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन् ।

     

    सेमिफाइनलपछिको प्लेयर अफ दि म्याचले ५ हजार पाउने छन् । प्रतियोगिताको सेमिफाइनल बागमती प्रदेश, एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब पुगेका छन् ।

    बुधबार हुने पहिलो सेमिफाइनलमा एपीएफ र पुलिस भिड्ने छन् । बिहीबार हुने दोस्रो सेमिफाइनलमा आर्मी र बागमती भिड्ने छन् ।

     

     


    मंगलवार, माघ १३ २०७७०८:००:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij