Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुने बाइल्याट्रल टी–२० सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुने बाइल्याट्रल टी–२० सिरिज खेल्ने

  • बुधवार, माघ १४ २०७७

  • 757
    SHARES

  • नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुने बाइल्याट्रल टी–२० सिरिज खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुन लागेको बाइल्याट्रल टी-२० सिरिज खेल्ने भएको छ ।

    कतार क्रिकेट संघको प्रस्तावलाई स्विकार्दै नेपाल क्रिकेट संघ क्यानले बैठक बसेर नेपाली क्रिकेट टिमलाई कतार पठाउने निर्णय गरेको हो । फेब्रुअरी ९ देखि १२ तारिख अर्थात फागुन २५ देखि २८ गतेसम्म हुने प्रतियोगिता अगाडि नेपाली टिमको बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सुरु हुने छ ।

    प्रतियोगिताका लागि नेपाली टिम ७ या ८ तारिखमा कतार जाने क्यानले जनाएको छ । प्रतियोगितामा नेपालले ३ खेल खेल्ने छ ।

    यस्तै पूर्व कप्तान पारस खड्कासहित करण केसी, सोमपाल कामी, र कुशल मल्ल टी १० लिगका लागि आबुधावीमा रहेका कारण उनीहरु यो खेलमा सहभागी हुन नपाउने भएका छन् ।


    बुधवार, माघ १४ २०७७०६:१३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij