Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

महिला लिग फुटबलमा आज चन्द्रपुर र विराटनगर भिड्दै

महिला लिग फुटबलमा आज चन्द्रपुर र विराटनगर भिड्दै

  • बुधवार, माघ १४ २०७७

  • 874
    SHARES

  • महिला लिग फुटबलमा आज चन्द्रपुर र विराटनगर भिड्दै

    काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदै छन् ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो २ बजे सुरु हुने छ ।

    विराटनगरविरुद्ध मैदान उत्रदा चन्द्रपुर दोस्रो जितको खोजीमा हुने छ । चन्द्रपुरले सोमबार मात्र उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोल अन्तरले पराजित गरेको थियो ।पहिलो खेलमा भने चन्द्रपुर एपीएफ क्लबसँग ६–० ले पराजित भएको थियो ।चन्द्रपुरले २ खेलमा ३ अंक जोडेको छ ।

    विराटनगर भने पहिलो जितको खोजीमा हुनेछ । विराटनगरले २ खेलमा १ अंक जोडेको छ । पहिलो खेलमा विराटनगर वालिङसँग १– १ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७–० ले पराजित भएको थियो ।


    बुधवार, माघ १४ २०७७०९:५९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij