Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काँग्रेसले आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्ने

काँग्रेसले आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्ने

  • बिहिवार, माघ १५ २०७७

  • 893
    SHARES

  • काँग्रेसले आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्ने

    काठमाडौं । नेपाली काँग्रेसले आज काठमाडौमा मोटर साईकल र्‍याली निकाल्ने भएको छ । 

    नेपाली कांग्रेस क्षेत्र नं.६ काठमाडौको आयोजनामा भोली सहिद दिवसका दिन काठमाडौको शान्तिवाटीकामा हुने प्रतिनिधि सभा विघटन विरुद्धको विरोध सभाको प्रचार प्रसारको लागि र्‍याली निकाल्न लागिएको हो ।

    काठमाडौको वानेश्वर स्थीत एभरेष्ट होटल अगाडि दिउँसो २ बजे भेला भएर साढे २ बजे र्‍याली सुरु गरिने काँग्रेसले जनाएको छ ।

    र्‍याली बानेश्वरवाट माइतीघर, थापाथली, त्रिपुरेश्वर हुँदै शान्तिवाटीकामा मिसिने र शान्तिवाटिकावाट २ः४५ वजे सुरु भएर भोटाहिटी, जमल, विश्वज्योतिहल ,दरवारमार्ग, केशरमहल, सन्चयकोष, अस्कल कलेज, गल्को पाखा हुँदै गोंगवु वसपार्क, माछापोखरी, वालाजु चोक, सोह्रखुट्टे, अस्कल, सन्चयकोष, केशरमहल, दरवारमार्ग, महेन्द्रशालिक, घण्टाघर हुँदै फेरी शान्तिवाटिकामा आएर समापन हुने भएको छ ।

    र्‍याली निकालिएको बेलामा यातायात सेवामा केही असर पर्न सक्ने भएकाले सो समयमा बैकल्पिक बाटोको प्रयोग गर्न काँग्रेस नेताहरुले आग्रह गरेका छन् ।

    भोली दिउँसो १ बजेपछि शान्ति बाटिकामै हुने विरोध सभालाई काँग्रेसका प्रभावशाली नेताहरु कृष्णप्रसाद सिटौला, गगनकुमार थापा, प्रदिप पौडेललगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।


    बिहिवार, माघ १५ २०७७०९:२४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij