Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ओली पक्षीय श्रमिक भेलाको आयोजना, दाहाल नेपाल पक्षका सांसदले धर्ना दिने

ओली पक्षीय श्रमिक भेलाको आयोजना, दाहाल नेपाल पक्षका सांसदले धर्ना दिने

  • बिहिवार, माघ १५ २०७७

  • 1.1K
    SHARES

  • ओली पक्षीय श्रमिक भेलाको आयोजना, दाहाल नेपाल पक्षका सांसदले धर्ना दिने

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को भेला आयोजना गरेको छ ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामै हुने कार्यक्रमलाई राष्ट्रिय श्रमिक भेला नाम दिइएको छ । भेला नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा मध्यान्ह १२ बजेपछि हुने जनाइएको छ । भेलामा सहभागी हुन विभिन्न जिल्लाबाट ओली पक्षीय श्रमिक नेताहरु काठमाडौ आएका छन् ।

    जिफन्टका नेता विष्णु रिमाल अहिले प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार भएकाले पनि जिफन्टका धेरै नेता यो भेलामा सहभागी हुने अपेक्षा गरिएको छ ।

    ओली पक्षले विभिन्न पेशागत तथा भातृ संगठनहरुको आफु पक्षीय नेताहरुको भेला निरन्तर गर्दै आइरहेको छ । ओली पक्षले श्रमिक भेला गरिरहेका बेला दाहाल नेपाल पक्षले भने आज पनि माइतीघर मण्डलामा धर्ना दिने भएको छ ।

    प्रतिनिधि सभा विघटनको विरुद्ध तेस्रो चरणको आन्दोलको कार्यक्रम अनुसार संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्य सहितले धर्ना दिइरहेका हुन् । धर्ना विहान ११ बजेदेखि सुरु हुने जनाइएको छ । हिजोदेखि सुरु भएको दैनिक धर्ना कार्यक्रम अझै केही दिन चल्ने नेताहरुले जनाएका छन् ।

    विघटनकै विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आज काठमाडौमा कार्टुन प्रदर्शन गर्ने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को प्रमुख आतिथ्यतामा दलाल तथा नोकरशाही संसदीय प्रतिक्रियावादी व्यवस्था खारेज र संघीय जनगणतन्त्र स्थापनाको लागि भन्दै मध्यान्ह १२ बजेपछि कार्टुन प्रदर्शन गर्न लागिएको हो । कार्टुन प्रदर्शन कार्यक्रम काठमाडौको शान्तिवाटिका, रत्नपार्कमा हुने जनाइएको छ ।

    त्यसैगरी प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर प्रदर्शन गर्दै आइरहेको विवेकशील पार्टीले तिन बाँदर सहित प्रदर्शन गर्ने तयारी गरेको छ । माइतीघर मण्डलामै उनीहरुले दिउँसो साढे १२ बजेपछि प्रदर्शन गर्ने भएका हुन ।


    बिहिवार, माघ १५ २०७७०९:२७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij