Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दाहाल–नेपाल समूहले संसद् विघटनविरुद्ध बुटवलमा विरोध सभा गर्दै

दाहाल–नेपाल समूहले संसद् विघटनविरुद्ध बुटवलमा विरोध सभा गर्दै

  • बिहिवार, माघ १५ २०७७

  • 1.1K
    SHARES

  • दाहाल–नेपाल समूहले संसद् विघटनविरुद्ध  बुटवलमा विरोध सभा गर्दै

    काठमाडौं । दाहाल–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध आज बुटवलमा विरोध सभा गर्दै छ ।

    तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको दाहाल नेपाल समूहले उपत्यका बाहिरका विरोधसभामध्ये बुटवलमा आज विशाल प्रदर्शन गर्न लागेको हो ।

    नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने विरोधसभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । 

    विरोधसभालाई सम्बोधन गर्ने विषयमा बुटवल जानुअघि दाहाल र नेपालले पेरिसडाँडामा बैठक नै बसेर छलफल गरेका छन् । तेस्रो चरणको आन्दोलन अन्तर्गत दाहाल–नेपाल समूहले आज बुटवल, शुक्रबार विराटनगर र शनिबार धनगढीमा विरोध सभाको आयोजना गर्ने कार्यक्रम घोषणा गरेको छ ।

    बुधबारदेखि माइतीघर मण्डलामा पनि धर्ना सुरु गरिएको छ । यसबीचमा उपत्यका बाहिर पनि विरोध सभा गर्ने कार्यक्रम तय गरेको दाहाल–नेपाल समूहले माघ २८ गते काठमाडौँमा फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।


    बिहिवार, माघ १५ २०७७१०:०८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij