Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

  • बिहिवार, माघ १५ २०७७

  • 884
    SHARES

  • राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

    काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

    सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका खेल्ने छन् ।

    खेल बिहान साढे ११ बजे हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे दुई विभागीय टिम एपीएफ र पुलिस क्लब खेल्दै छन् ।

    हिजोको खेलमा मोरङको विराटनगर महानगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई ५ शून्य गोल अन्तरले हराएको थियो ।

    विराटनगरका लागि कुशुम खड्काले ह्याट्रिक गरेकी थिइन् भने अनु राई र सरिता शेर्पाले एकरएक गोल गरेका थिए ।


    बिहिवार, माघ १५ २०७७११:२५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij