काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदै छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुने छ ।
आर्मी र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चन्द्रपुरविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुने छ । आर्मी लिगमा दोस्रो जित निकाल्न समेत चाहन्छ ।
आर्मी ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । चन्द्रपुरलाई हराएको खण्डमा आर्मी दोस्रो स्थानमा उक्लने छ । उपाधि होड बलियो बनाउन समेत आर्मीलाई जित महत्वपूर्ण रहेको छ ।
यस्तै चन्द्रपुर ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ । आर्मीविरुद्ध मैदान उत्रदा चन्द्रपुर पनि दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।