Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेस संसद् विघटनविरुद्ध राजधानी केन्द्रीत प्रदर्शनमा छ : पौडेल

काँग्रेस संसद् विघटनविरुद्ध राजधानी केन्द्रीत प्रदर्शनमा छ : पौडेल

  • शनिवार, माघ १७ २०७७

  • 711
    SHARES

  • काँग्रेस संसद् विघटनविरुद्ध राजधानी केन्द्रीत प्रदर्शनमा छ : पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको भन्दै पार्टी विघटनको विपक्षमा रहेको उल्लेख गर्नुभएको छ ।

    सर्वसत्तावादतर्फ उन्मूख प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध काँग्रेस उत्रिएको पनि उहाँले दावी गर्नुभयो । “प्रधानमन्त्रीको कार्यशैली र व्यवहार हामीले नजिकबाट हेरेका छौँ, उहाँले विघटन निर्वाचन गर्न गर्नुभएकै होइन, दुई तिहाईको प्रधानमन्त्रीले संसद् विघटन गर्नु असंबैधानिक छ, म फेरी दोहोर्‍याउँछु, सत्तामा बसेर अदालतलाई धम्क्याउने काम काँग्रेसलाई मान्य हुदैँन,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता पौडेलले भन्नुभयो ।

    काँग्रेस लोकतन्त्रको निष्ठा बोकेको पार्टी भएको पनि उहाँको भनाइ छ । संसद् विघटनकाविरुद्ध अब काँग्रेसले राजधानी केन्द्रीत सभा तथा प्रदर्शन गर्ने पनि जानकारी दिनुभएको छ ।


    शनिवार, माघ १७ २०७७०७:१०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij