Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

नेकपा दुवै पक्षका छुट्टै कार्यक्रम, चितवनमा ओली पक्षको, धनगढीमा दाहाल–नेपालको जनसभा

नेकपा दुवै पक्षका छुट्टै कार्यक्रम, चितवनमा ओली पक्षको, धनगढीमा दाहाल–नेपालको जनसभा

  • शनिवार, माघ १७ २०७७

  • 959
    SHARES

  • नेकपा दुवै पक्षका छुट्टै  कार्यक्रम,  चितवनमा ओली पक्षको, धनगढीमा दाहाल–नेपालको जनसभा

    काठमाडौं । नेकपाको दुवै समूहले आज पनि एक अर्काका विरुद्धमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् ।

    कार्यकर्ताहरुलाई आफ्नो पक्षमा तान्नका लागि दुवै समूहले प्रशिक्षण, भेला, अन्तरक्रियालगायतका कार्यक्रमहरुको आयोजना गरेका हुन् ।
    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले आज चितवनमा जनसभाको आयोजना गरेको छ ।

    कार्यक्रमका लागि प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत चितवन जाने कार्यक्रम रहेको छ ।

    जनसभा अघि चितवनका विभिन्न ठाउँबाट र्याली निकालिने र प्रधानमन्त्री ओली अन्य कार्यक्रमहरुमा पनि सहभागी हुने जनाइएको छ ।

    ओली समूहले काठमाडौमा विभिन्न सम्पर्क मञ्चहरुको पुनर्गठन सहितका विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

    सिन्धुपाल्चोक काठमाडौ सम्पर्क मञ्चले बृहत् कार्यकर्ता भेलाको तयारी गरेको छ । कार्यक्रम ए वान पार्टी प्यालेस, चावाहिलमा विहान ११ बजेपछि हुने छ ।

    नेकपा ओली समुह दोलखा काठमाडौ सम्पर्क मञ्चले बृहत् कार्यकर्ता भेला तथा सम्पर्क मञ्च पुनर्गठन कार्यक्रम गर्ने तयारी गरेको छ । सो कार्यक्रम पनि रोयल ब्याङकेट, तिनकुनेमा ११ बजे नै हुने भएको छ ।

    त्यसैगरी धादिङ्ग काठमाडौ सम्पर्क मञ्च, ओखलढुङ्गा काठमाडौ सम्पर्क मञ्च, लमजुङ काठमाडौ सम्पर्क मञ्च, सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले पनि भेला तथा पुनर्गठन कार्यक्रम गर्न लागेका छन् । अधिकांश कार्यक्रममा ओली समूहका केन्द्रीय नेताहरु सहभागी हुने भएका छन् ।

    ओली समुहले नै आज काठमाडौको सुर्यविनायक नगरपालिका वडा नम्बर ५ मा बृहत् अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । इम्पेरियल ब्याङ्क्वेट, सल्लाघारी भक्तपुरमा विहान साढे १० बजेपछि कार्यक्रम हुने जनाइएको छ ।

    नेकपाको दाहाल–नेपाल समूहले पनि तेस्रो चरणको संघर्षका कार्यक्रमहरुलाई आज पनि निरन्तरता दिन लागेको छ ।

    नेकपा दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा आयोजना गर्ने भएको छ । खुलामञ्चमा आयोजना हुने सभालाई सम्बोधन गर्न दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आउने भएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ।

    बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन्। प्रहरीले शंकास्पल व्यक्तिमाथि चेकजाँच समेत गरिरहेको छ।

    यस्तै धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ। दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पहिलो पटक धनगढीमा बृहत विरोधसभाको आयोजना गर्न लागेको हो।

    प्रतिनिधिसभा विघटन विरुद्ध दाहाल नेपाल पक्षका संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्य सहितका नेता तथा कार्यकर्ताहरुले माइतीघर मण्डलामा विहान ११ बजेपछि धर्ना दिने कार्यक्रम छ ।

    दाहाल नेपाल समूहको सिन्धुपाल्चोक काठमाडौ सम्पर्क मञ्चले बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । गोल्डेन लाइट पार्टी प्यालेस मित्रपार्क, चावाहिल विहान ११ बजेपछि कार्यक्रम हुने जनाइएको छ ।

    त्यसैगरी पुर्व जनमुक्ति सेना नेपालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमको विरुद्धमा आजै माइतीघरमै धर्ना कार्यक्रम आयोजना गरेको छ ।

    विघटनकै विरुद्धमा डा. गोविन्द केसी सहित स्वतन्त्र नागरिकहरूले अहिंसात्मक नागरिक प्रदर्शन कार्यक्रम गर्ने भएका छन् । उनीहरुको प्रदर्शन भने मइतीघर मण्डला मै १२ बजेपछि हुने जनाइएको छ ।

    प्रतिनिधिसभा विघटनका विरुद्धमा नेपाली काँग्रेसका विभिन्न निकायले पनि छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरेका छन् ।

    नेपाली काङ्ग्रेस झापा काठमाडौ सम्पर्क समिति क्षेत्र नं। ३ ले काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र युवा नेता कुन्दनराज काफ्लेको आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । सांंस्कृतिक संघ भवन, कालिकास्थान, काठमाडौमा १२ बजेपछि कार्यक्रम हुने तय भएको छ ।

    त्यसैगरी नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौ सम्पर्क समितिले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाहीको आतिथ्यतामा वी।पी। को विचार र अबको काँग्रेस विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ ।

    कार्यक्रम त्रिचन्द्र बहुमुखि क्याम्पस घण्टाघरमा दिउसो १२ः३० बजे हुने आयोजकहरुले जनाएका छन् ।


    शनिवार, माघ १७ २०७७०९:१३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij