Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय महिला लिगमा आज दुई खेल, पहिलो खेल विराटनगर र त्रिभुवन आर्मीबीच

राष्ट्रिय महिला लिगमा आज दुई खेल, पहिलो खेल विराटनगर र त्रिभुवन आर्मीबीच

  • सोमवार, माघ १९ २०७७

  • 1.1K
    SHARES

  • राष्ट्रिय महिला लिगमा आज दुई खेल, पहिलो खेल विराटनगर र त्रिभुवन आर्मीबीच

    काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

    आजको पहिलो खेलमा विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

    खेल बिहान साढे ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । अहिलेसम्म खेलेको चार खेलमा विराटनगरले दुईमा जित एकमा बराबरी र एकमा हार ब्यहोरेको छ ।

    विराटनगर तालिकाको सातौ‌ स्थानमा छ । यस्तै आजै हुने अर्को खेलमा एपीएफ क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका खेल्दै छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा नै दिउँसो साढे २ बजे हुने छ ।

    अहिलेसम्म खेलेका पाँच खेलमा पाँचौ‌ खेल जितेको एपीएफ आज पनि जित निकाल्दै अपराजित यात्रा कायमै राख्न चाहन्छ । चौदण्डीगढी भने चार खेलमा सबैमा हार ब्यहोर्दै तालिकाको पुछारमा छ ।

    प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको थियो ।


    सोमवार, माघ १९ २०७७०७:१९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij