Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा दाहाल–नेपाल पक्षको केन्द्रीय समिति बैठक १ बजे बस्ने

नेकपा दाहाल–नेपाल पक्षको केन्द्रीय समिति बैठक १ बजे बस्ने

बिहान ११ बजेका लागि तय बैठक सर्‍यो
  • सोमवार, माघ १९ २०७७

  • 840
    SHARES

  • नेकपा दाहाल–नेपाल पक्षको केन्द्रीय समिति बैठक १ बजे बस्ने

    काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ ।

    बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरु बताउँछन् । दाहाल–नेपाल समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

    बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।

    यसअघि पुस ७–९ मा बसेको दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठक बसेको थियो ।

    त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।


    सोमवार, माघ १९ २०७७११:१४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij