Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद् विघटनसम्बन्धि मुद्दामा प्रधानमन्त्रीको पक्षबाट बहस सुरु

संसद् विघटनसम्बन्धि मुद्दामा प्रधानमन्त्रीको पक्षबाट बहस सुरु

  • सोमवार, माघ १९ २०७७

  • 844
    SHARES

  • संसद् विघटनसम्बन्धि मुद्दामा प्रधानमन्त्रीको पक्षबाट बहस सुरु

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको सर्वोच्च अदालतमा बहस सुरु भएको छ । महान्यायाधीवक्ता अग्नि खरेलले बहस सुरु गर्नुभएको हो ।

    आजबाट प्रधानमन्त्रीको तर्फबाट माहान्यायधिवक्ता, सरकारी वकिल, कानुन व्यवसायीको बहस सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

    संवैधानिक इजलासमा रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३ दिन (शनिबार बाहेक) दिनसम्म बहस गरेका थिए ।
    सरकार र सभामुख पक्षको बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिनेछ ।

    त्यसपछि निवेदकको तर्फबाट जवाफ मागेर इजलासले आदेश दिनेछ । अबको दुई सातामा बहस सकिने र फागुनको पहिलो सातासम्म आदेश आउने सम्भावना रहेको छ ।

    यही माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस सुरू गरिएको हो ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाइ विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।


    सोमवार, माघ १९ २०७७१२:३७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij