काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदै छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुने छ ।
वालिङ र चन्द्रपुरबीचको खेल दिउँसो २ बजे सुरु हुने छ । आज वालिङ र चन्द्रपुर दोस्रो जितको खोजीमा हुने छन् । वालिङ ५ खेलमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
चन्द्रपुर ५ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । चन्द्रपुर पनि जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुने छ ।