Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट बच्न क्यान्सरका बिरामीले अपनाउनुपर्ने साबधानी यस्ता :

कोरोनाबाट बच्न क्यान्सरका बिरामीले अपनाउनुपर्ने साबधानी यस्ता :

  • बुधवार, माघ २१ २०७७

  • 1.0K
    SHARES

  • कोरोनाबाट बच्न क्यान्सरका बिरामीले अपनाउनुपर्ने साबधानी यस्ता :

    सामान्यतया प्रतिरोधी क्षमता कम हुने मानिस कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिममा हुने गर्छन् । त्यसैले, विभिन्न रोग लागर उपचाररत बिरामी तथा औषधी सेवन गरिहेका व्यक्ति बढी सजग हुन आवश्यक हुन्छ ।

    tdy_health_cynthia_cancer_200526_1920x1080.focal-760x428.jpg

    -क्यान्सरका बिरामीलाई कोभिड १९ संक्रमणको जोखिम कति छ भन्नेबारे यकिन भएको छैन यद्यपि, औषधी सेवन गरिरहेका वा उपचाररत बिरामीमा तुलनात्मक रुपमा भाइरससँग लड्ने क्षमता कम हुने भएकाले सजग हुन आवश्यक हुन्छ । विभिन्न तथ्यांक हेर्दा वृद्धवृद्धा संक्रमणको उच्च जोखिममा रहेको पाइन्छ । अधिकांश वृद्धवृद्धामा कुनै न कुनै दीर्घरोग ( श्वासप्रश्वासमा समस्या, कार्डियो भास्कुलरसम्बन्धी समस्या, किड्नीमा क्रोनिक समस्या, क्यान्सर वा अन्य रोग) हुने भएकाले उनीहरु बढी जोखिममा छन् ।

    -उपचारपछि रोग नियन्त्रणमा आइसकेका क्यान्सरका बिरामीभन्दा उपचारको क्रममा रहेकाले कोरोना संक्रमणबाट बच्न विशेष ख्याल गर्नुपर्ने हुन्छ । उपचार वा चेकजाँचका लागि अस्पताल गइरहनुपर्ने अवस्था भएमा सुरक्षाका साम्रगीहरु अपनाउने, भिडबाट टाढा रहने, पारिवारिक जमघटबाट टाढा बस्ने, पन्जा र मास्क अनिवार्य प्रयोग गर्ने तथा अस्पताल जाँदा सकेसम्म पिपिई लगाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुझाव दिएको छ ।

    -अस्पतालमा अन्य बिरामी पनि समेत हुने हँुदा शल्यक्रिया गर्नुपर्ने क्यान्सरका बिरामीलाई सकेसम्म छुट्टै स्थानमा राखेर उपचार गर्न सकिन्छ । यदि औषधीको सेवन गरेर नियन्त्रणमा राख्न सकिने अवस्था भएमा चिकित्सकको सल्लाहमा घरमै बसेर औषधी प्रयोगमा ल्याउन सकिन्छ । रगत परीक्षण वा नियमित गर्नुपर्ने अन्य परीक्षण घरनजिकैको सुरक्षित रहेर मेडिकल वा स्वास्थ्यसंस्थामा गर्नुपर्छ ।

    image.img.jpeg

    -डब्लुएचओ र रोग नियन्त्रण केन्द्र (सिडिसी)ले क्यान्सरका बिरामीलाई आपतकालिन समयबाहेक अन्य अवस्थामा सकेसम्म अस्पताल नजान आग्रह गरेका छन् । क्यान्सरका बिरामीलाई चेकजाँचका लागि सहज बनाउन भिडभाड नहुने क्षेत्रमा स्क्रिनिङ टेस्ट गर्ने व्यवस्था मिलाउन सकिन्छ । अस्पतालमा रहेर क्यान्सरको उपचार गरिरहेका बिरामीलाई आरडिटी वा पिसिआर टेस्ट गर्नुपर्छ । सर्जरी, रेडियोथेरापी, किमोथेरापी, इम्युनोथेरापी गरिरहेका व्यक्तिमा कोरोना परीक्षण गर्दा संक्रमणले निम्त्याउने जोखिमबाट बच्न मद्दत गर्छ । सामान्यतया, बिरामीमा अन्य लक्षण देखिरहने हुँदा कोरोना संक्रमणका लक्षण पहिचान हुन गाह्रो हुन सक्छ । तसर्थ, लामो समयसम्म अस्पतालमा रहेर उपचार गरिरहेका अन्य रोगका बिरामीमा पनि कोरोना परीक्षण गर्नु उपयुक्त हुन्छ ।

    (एजेन्सीको सहयोगमा)

     


    बुधवार, माघ २१ २०७७०१:५५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij