काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २०६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ।
हाल देशभर २ हजार ३ सय ३५ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ५ सय ९७ पीसीआर परीक्षण भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३१ पुगेको छ।