Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दाहाल–नेपाल पक्षले माग्यो आमहड्तालले पर्न गएको असुविधाप्रति माफी

दाहाल–नेपाल पक्षले माग्यो आमहड्तालले पर्न गएको असुविधाप्रति माफी

  • शुक्रवार, माघ २३ २०७७

  • 1.1K
    SHARES

  • दाहाल–नेपाल पक्षले माग्यो आमहड्तालले पर्न गएको असुविधाप्रति माफी

    काठमाडौं । बिहीवार आमहड्ताल गरेको नेकपाको प्रचण्ड–नेपाल समूहले नागरिकलाई पर्न गएको अप्ठ्यारोप्रति माफी मागेको छ ।

    आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहले हिजोको आमहड्ताल रहर नभएर बाध्यता भएको बताएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्ठ्याराकाबीच आफूहरुले नागरिकको समर्थन पाएको दाबी गर्नुभयो ।

    उहाँले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवारी कदम र लोकतन्त्रमाथि भएको प्रहारको जवाफमा बिहीवार आमहड्ताल गरेको बताउनुभयो ।

    प्रचण्डले आमहड्ताल गर्नु आफ्नो र आफ्नो पार्टीको नीति र नियम नभएको पनि दाबी गर्नुभएको छ ।

     


    शुक्रवार, माघ २३ २०७७१०:०९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij