Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
कोरोनाविरुद्धको खोप

चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने

चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने

  • शनिवार, माघ २४ २०७७

  • 1.6K
    SHARES

  • चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने

    काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताउनुभएको हो ।

    यसका साथै शुक्रबार साँझ ज्ञवाली र वांगयीबीच आपसी हितका विषयहरूमा छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ ।

    चीनका विदेशले नेपालमा कोरोना विरुद्धको पाँच लाख खोपको उपलब्ध गराउने घोषणा गरेका साथै चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने बताउनुभयो।

    ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिनुभएको थियो । चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।


    शनिवार, माघ २४ २०७७०६:२५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij