काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउदले मुलकमा राजनीतिक अस्थिरता थपिएको बताउँदै संसद् पुनर्स्थापना भए पनि संकट आउने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साउँदले भन्नुभयो,“संसद् पुनर्स्थापना भए पनि दल विभाजन प्रकृया हुने, सरकार परिवर्तन हुने, राष्ट्रपतिमाथि महाअभियोग आउन सक्ने सम्भावना रहेकाले देशमा नयाँ किसिमको संकट पैदा हुन सक्छ, निर्वाचन भएपनि अहिले झनै चुनौती थपिन्छ, सर्वोच्च अदालतबाट फैसला नभएकाले उपयुक्त समयमा निर्वाचन हुन सक्दैँन ।
नेकपा पार्टी कुर्सीका लागी मात्रै विभाजनको तहमा पुगेको आरोप उहाँले लगाउनुभएको छ । नेकपा विभाजन भएर निर्वाचन घोषणा भए पछि नेपाली काँग्रेस पछि हट्न नमिल्ने नेता साउदको भनाइ छ ।
निर्धारित समयमा निर्वाचन भएन भने यो सरकार रहन नसक्ने पनि उहाँले बताउनुभयो । उहाँले पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको र पार्टीले विपी र संविधान मान्ने भएकाले अदालतको निणर्य पर्खिरहेको उल्लेख गर्नुभएको छ ।
संविधानमा संवैधानिक नियुक्ति गर्दा प्रतिपक्ष उपस्थित रहनु पर्ने नियम राहेकोमा उपस्थित नभई नियुक्ति गरेकाले त्यसको विरोध आफूहरुले गरिरहेको नेता साउँदको दावी छ ।