Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

काँग्रेसले आज संसद् विघटनविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्दै

काँग्रेसले आज संसद् विघटनविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्दै

  • शनिवार, माघ २४ २०७७

  • 1.4K
    SHARES

  • काँग्रेसले आज संसद् विघटनविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्दै

    काठमाडौं । प्रतिनिधिसभा विघटन र सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध आज काँग्रेस सम्बद्ध भातृ संस्थाले प्रदर्शन गर्दै छन् ।

    एक विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भातृ संस्थाको प्रदर्शन आज गर्न लागिएको जानकारी दिनुभयो । देशभरका सदरमुकाममा कालो पट्टी, मास्कसहित नारा लेखिएको प्ले कार्ड छातिमा टाँसेर मौन रुपमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।

    काठमाडौंको भद्रकालीमा भेला भइ मानवसाङ्लोमा टुँडीखेल घेर्ने कार्यक्रम पनि रहेको छ ।

    प्रतिनिधिसभा विघटन, त्यस विरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणका तीन विषयमा गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापक बनाउने काँग्रेसले जनाएको छ ।

    काँग्रेसले आगामी फागुन तीन गते पनि ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने बताएको छ ।


    शनिवार, माघ २४ २०७७०९:५५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij