Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

खाना नबनाएको निहुँमा पोखरामा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

खाना नबनाएको निहुँमा पोखरामा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

  • शनिवार, माघ २४ २०७७

  • 1.5K
    SHARES

  • खाना नबनाएको निहुँमा पोखरामा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौँ – पोखरामा श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्।

    आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका–३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

    उनीहरू पर्वत जलजला गाउँपालिका(७ धाइरिङका हुन्। पोखरामा डेरा गरी बस्ने पुनले श्रीमतीलाई राति पौने ८ बजे बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ।

    हरिमाया आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न गमबहादुरलाई पोखरा महानगरपालिका–३३ लामगादीबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

    खाना नबनाएको विषयमा आपसमा झगडा हुँदा गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको हमालले बताए।

    उनीउपर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको हमालले बताए। मृतक हरिमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पोखरामा राखिएको छ।

    यस्तै, आफ्नै छोरा २० वर्षीय सुरेन राई र छिमेकी ३९ वर्षीय राजकुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चैनपुर नगरपालिका१० हात्तिसुँडे बस्ने ५२ वर्षीय भोलामान राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

    घरायसी विवादको क्रममा भोलामानले खुकुरी प्रहार गर्दा उनीहरू घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    घाइते दुबै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएकोमा थप उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।


    शनिवार, माघ २४ २०७७०५:४९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij