Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

महिला लिगमा आर्मीको फराकिलो जित, चौदण्डीको लगातार सातौं हार

महिला लिगमा आर्मीको फराकिलो जित, चौदण्डीको लगातार सातौं हार

  • शनिवार, माघ २४ २०७७

  • 639
    SHARES

  • महिला लिगमा आर्मीको फराकिलो जित, चौदण्डीको लगातार सातौं हार

    काठमाडौं । उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । आज भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

    जितसंगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ । चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहँदै पुछारमा रहेको छ ।


    शनिवार, माघ २४ २०७७०७:३७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij