Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बेला आयो : खड्का

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बेला आयो : खड्का

“निष्पक्षरुपमा अपराधीलाई कठोर कठोरभन्दा सजाय दिनुपर्छ ।”
  • आइतवार, माघ २५ २०७७

  • 837
    SHARES

  • बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बेला आयो : खड्का

    काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता डा.नारायण खड्काले बलात्कारजस्ता जघन्य अपराध गर्ने अपराधीलाई मृत्युदण्ड दिनुपर्ने बेला आएको धारणा राख्नुभएको छ ।

    यौन हिंसाजस्ता अपराध गर्नेलाई मृत्युदण्ड दिनुपर्ने समय आएकाले यसबारे सोच्नुपर्ने उहाँले बताउनुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. खड्काले भन्नुभयो “राजनीतिक संरक्षण पनि अपराधको मुख्य कारक हो, त्यसैले निष्पक्षरुपमा अपराधीलाई कठोर कठोरभन्दा सजाय दिनुपर्छ ।”

    सामाजिक सञ्जालको बढ्दो दुरुपयोगबारे तत्काल सोच्नु पर्ने बेला आएको पनि नेता डा. शर्माको भनाइ छ । अपराधीलाई कानुनको दायरामा ल्याएर कानुनी उपचार गर्नु र जनचेतनाको अभियान संचालन गर्नु पनि आवश्यक रहेको उहाँको धारणा छ ।

    देशको राजनीतिक विषयका बारेमा काँग्रेसका नेता डा. खड्काले सर्वोच्च अदालतमा विचाराधीन विषयमा काँग्रेस हस्तक्षेप नगर्ने बताउँदै उहाँले अहिले जनतालाई राजधानी ल्याएर संख्या प्रदर्शन नगर्ने बताउनुभयो ।

    उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक तवरले प्रतिनिधिसभा विघटन गरेकाले काँग्रेसले अदालतको निर्णय पर्खेर बसको स्पष्ट पार्नुभएको छ ।

    अदालतले प्रतिनिधिसभा पुनस्र्थापना अथवा निर्वाचन जे निर्णय गरेपनि नेपाली काँग्रेस तयार रहेको नेता डा.शर्माले उल्लेख गर्नुभएको छ ।

     


    आइतवार, माघ २५ २०७७०६:५०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij