Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अष्ट्रेलियन बिग बास लिगको उपाधि सिड्नी सिक्सर्सलाई

अष्ट्रेलियन बिग बास लिगको उपाधि सिड्नी सिक्सर्सलाई

  • आइतवार, माघ २५ २०७७

  • 710
    SHARES

  • अष्ट्रेलियन बिग बास लिगको उपाधि सिड्नी सिक्सर्सलाई

    काठमाडौं । अष्ट्रेलियन बिग बास लिगको उपाधि सिड्नी सिक्सर्सले जितेको छ । पर्थ स्कोचर्सलाई २७ रनले हराएर सिड्नीले उपाधि जितेको हो ।

    सिड्नीको यो लगातार दोस्रो उपाधि हो । मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले ६ विकेट गुमाएर १ सय ८८ रन बनायो । उसका जेम्स भिन्सले ९५ रन बनाए । त्यस्तै ड्यानिएल क्रिष्टियनले २० तथा कप्तान मोसेस हेनरिक्सले १८ रन जोडे ।

    पर्थका जेय रिचर्डसन र एड्र्यू तेइले २र२ विकेट लिए । जितका लागि १ सय ८९ रनको लक्ष्य पाएको पर्थले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रनमात्र बनाउन सक्यो । उसका लागि क्यामरुन बेनक्रफ्टले ३० तथा लाइम लिभिङस्टोनले ४५ रन बनाए ।

    सिड्नीका बेन दर्सिसले ३ विकेट लिए । यसअघि सिड्नीले पहिलो संस्करण पनि जितेको थियो ।


    आइतवार, माघ २५ २०७७०७:४९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij