Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम स्पोर्टस अवार्ड : मुख्य प्रायोजकमा कैलाली अस्पताल

सुदूरपश्चिम स्पोर्टस अवार्ड : मुख्य प्रायोजकमा कैलाली अस्पताल

  • सोमवार, माघ २६ २०७७

  • 1.5K
    SHARES

  • सुदूरपश्चिम स्पोर्टस अवार्ड : मुख्य प्रायोजकमा कैलाली अस्पताल

    धनगढी – धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकका रुपमा धनगढीको कैलाली अस्पताल रहने भएको छ।

    नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा कैलाली अस्पताल प्रालिसँग सम्झौता गरिएको धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो।

    कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाबीच मुख्य प्रायोजन सम्बन्धमा सम्झौता भएको हो।

    पत्रकार सम्मेलनमा अवार्डको मुख्य प्रायोजक रहेको कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले भने, ‘कोरोना कहरमा पनि अवार्डले निरन्तरता पाउँनु निकै खुसीको कुरा हो । यो अवार्डलाई सुदूरपश्चिमको पर्वको रुपमा आयोजना गर्न आवश्यक छ।’


    मुख्य प्रायोजक कैलाली अस्पताल रहेको अवार्डमा वर्ष पुरुष खेलाडीलाई नवजिवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, वर्ष युवा खेलाडीलाई निसर्ग अस्पताल, स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनीक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् ।

    वर्ष प्रशिक्षक र वर्षको चर्चित खेलाडी विधाका लागि प्रायोजकको खोजी भइरहेको मञ्चका अध्यक्ष ओझाले बताए ।

    अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ ।

    धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ।


    सोमवार, माघ २६ २०७७०६:०५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij