Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेता खड्का भन्छन्, 'नेताले सरकारको अनुभव गर्न पाएनन्'

काँग्रेस नेता खड्का भन्छन्, 'नेताले सरकारको अनुभव गर्न पाएनन्'

  • मंगलवार, माघ २७ २०७७

  • 977
    SHARES

  • काँग्रेस नेता खड्का भन्छन्, 'नेताले सरकारको अनुभव गर्न पाएनन्'

    काठमाडौं । नेपाली काँग्रेसका नेता भरत बहादुर खड्काले सरकारको अर्कमण्डेताका कारण देशमा बलात्कारका घटना बढेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै नेता खड्काले भन्नुभयो,“देशमा एक पछि अर्काे बलात्कारका घटना हुदैँ गएका छन, विशेष गरेर सुदूरपश्चिममा बलात्कारका घटनाले उग्ररुप लिदैँ गएकोमा हामीहरुलाई नै लज्जा वोध भएको छ, हामीले प्रेस विज्ञप्ती समेत जारी गरेर भागरथी भट्टको बलात्कार घटनामा सरकारको ध्यानाकर्षण गराएका छौँ, तर सरकार पक्ष किन हो किन यस्ता जघन्य अपराधप्रति कठोर देखिएन् ।”

    नेता खड्काले प्रदेश सरकार छ कि छैन भन्ने कुरा सुदूरपश्चिमका जनताले अनुभव गर्न समेत नसकेको बताउनुभयो । प्रदेश सरकार समस्या समाधानमा नलागी सुतेर बसेको आरोप समेत उहाँले लगाउनुभएको छ ।

    नेता खड्काले फरक प्रसंग निकाल्दै सरकार बदल्न नभएर आफूहरु संविधान बचाउने पक्षमा लागेको बताउनुभएको छ । देश संवेदनशील अवस्थामा रहेकाले सत्ताभन्दा संविधानको रक्षा गर्ने कुरा मात्रै महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

    काँग्रेसले नेकपाको कुनै पक्षलाई साथ नदिई आफ्नै पक्षमा काम गर्ने नेपाली काँग्रेसका नेता खड्काले बताउनुभयो ।


    मंगलवार, माघ २७ २०७७०७:५०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij