Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चौबिस घण्टामा थपिए १६० जना संक्रमित

चौबिस घण्टामा थपिए १६० जना संक्रमित

  • मंगलवार, माघ २७ २०७७

  • 632
    SHARES

  • चौबिस घण्टामा थपिए १६० जना संक्रमित

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ।

    हाल देशभर १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ पुगेको छ।


    मंगलवार, माघ २७ २०७७०४:३६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij