Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अदालत र आयोगलाई खुट्टा नकमाउन प्रचण्डको खबरदारी, भने, ‘छिटो गरिदेऊ’

अदालत र आयोगलाई खुट्टा नकमाउन प्रचण्डको खबरदारी, भने, ‘छिटो गरिदेऊ’

  • बुधवार, माघ २८ २०७७

  • 1.0K
    SHARES

  • अदालत र आयोगलाई खुट्टा नकमाउन प्रचण्डको खबरदारी, भने, ‘छिटो गरिदेऊ’

    काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकता विवादमा खेलाँची नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएका छन्।

    संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने भन्दै उनले खुट्टा नकमाउन सचेत गराएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएपछि आयोगले गतिलो लक्षण नदेखाएको भन्दै उनले ३० दिने हदम्याद काइते तर्क मात्र भएको बताए।

    प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड निर्वाचन आयोगका कोही कोही मान्छे.. बढी नभनौँ, भन्यो भने फेरि बिग्रिने हो कि भन्दै रोकिएका थिए ।

    तर सहभागीहरुको हुटिङपछि उत्साहित भएका उनले ‘७० प्रतिशत हामीसँग छ’ भनेर जाँदा विवाद सुरु भएको १० दिन पनि नभएको बताए । प्रचण्डले भने, ‘त्यसलाई हिसाब नगर्ने, केपी ओली गएर धम्क्याउने बित्तिकै त्यसलाई हिसाब गर्नुभयो भने तपाईँको खुट्टी देख्छ नेपालले ।’

    उनले चेतावनी दिँदै भने, ‘सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने प्रचण्डको चेतावनी छ।

    आफूले बोल्दा अदालतको अवहेलना भएको पनि भन्ने गरेको भन्दै प्रचण्डले भने, ‘मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ, छिटो गरिदेऊ भनेको छु । गर्ने त्यही हो, छिटो गर । निर्वाचन आयोग खुट्टा नकमाऊ, काइते कुराको पछि नलाग ।’

    संवैधानिक निकायहरुले डर धाक धम्की नहेरुन्, स्वतन्त्र ढंगले काम गरुन भन्ने चाहेको उनले बताए ।

    प्रचण्डले प्रधानमन्त्री ओलीलाई पनि अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहरदबार घेर्न आउन नपरोस् भनेर चेतावनी दिएका छन् ।

    प्रचण्डले भने, ‘केपी जी, अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस्।’ प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे।

    प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए।

    त्यसअनुसार ओली समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । बुधबार आफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिएका छन् ।

    आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको भन्दै उनले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ? देख्नुभयो विरोध कस्तो हुन्छ?’

    उनले अब सिंहदरबार र बालुवाटार घेर्न लाखौँ जनता जम्मा पार्ने पनि चेतावनी दिए। प्रचण्डले आजको उपस्थितिले अदालतलाई पनि सहज भएको टिप्पणी गरे।


    बुधवार, माघ २८ २०७७०५:१३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij