Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

  • बिहिवार, माघ २९ २०७७

  • 946
    SHARES

  • राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

    काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै छन् । 

    पहिलो खेलमा दिउँसो १२ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ ।

    यस्तै, आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् । यो खेल एन्फा कम्प्लेक्समा नै दिउँसो ३ बजे हुने छ ।

    यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई ८-० गोल अन्तरले हराएको थियो ।

    एपीएफको लागि सावित्रा भण्डारी एक्लैले ६ गोल गरिन । यस्तै कप्तान अनिता बस्नेतले दुई गोल गरिन् । एपीएफ आठ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा यथावत् नै छ ।


    बिहिवार, माघ २९ २०७७०८:४३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij