Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा विघटनविरुद्धको रिट

प्रधानमन्त्री पक्षका कानुन व्यवसायीले आज बहस सक्ने

प्रधानमन्त्री पक्षका कानुन व्यवसायीले आज बहस सक्ने

  • बिहिवार, माघ २९ २०७७

  • 696
    SHARES

  • प्रधानमन्त्री पक्षका कानुन व्यवसायीले आज बहस सक्ने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस अब धेरै नलम्बिने भएको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्ने छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यसअघि माघ ३० गतेभित्र बहस सक्न समय दिए पनि भोली सोनाम ल्होसारको सार्वजनिक बिदा परेकाले आजै प्रधानमन्त्रीको पक्षबाट बहस सकिने बताइएको छ ।

    यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध १३ रिट निवेदकका पक्षबाट ७२ कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।

    त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गर्ने छन् । सापकोटाको पक्षबाट तीन कानुन व्यवसायीले बहस गर्ने छन् ।

    उनीहरूको बहसपछि पुनः रिट निवेदक पक्षले जवाफी बहस गर्ने छन् । माघ १९ गतेदेखि सरकार पक्षको बहस सुरु भएको थियो ।


    बिहिवार, माघ २९ २०७७१०:०८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij