Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बादल पक्षीय अखिल नेपाल खेलकुद महासंघले पूर्णता पायो

बादल पक्षीय अखिल नेपाल खेलकुद महासंघले पूर्णता पायो

  • बिहिवार, माघ २९ २०७७

  • 1.1K
    SHARES

  • बादल पक्षीय अखिल नेपाल खेलकुद महासंघले पूर्णता पायो

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल पक्षीय अखिल नेपाल खेलकुद महासंघले पुर्णता पाएको छ । काली बहादुर घर्ती मगरको संयोजकत्वमा यसअघि नै पुनर्गठन गरिएको महासंघको एकसय ५१ सदस्यीय केन्द्रीय कार्यसमितिले पुर्णता पाएको हो ।

    संयोजक घर्तीमगर पूर्वमाओदी निकट अखिल नेपाल खेलकुद महासंघका महासचिव हुन् । नेकपा बिभाजनमा गृहमन्त्री थापाले प्रचण्ड पक्षलाई छाडेसँगै खेलकुद महासंघ पनि पुनर्गठन भएको हो । गृहमन्त्री बादलले गत २८ पुषमा ललितपुरमा भएको बृहत राष्ट्रीय भेलामार्फत घर्तीमगरको संयोजकत्वमा आफ्नो पक्षको खेलकुद महासंघ पुनर्गठन गरिएको घोषणा गरेका थिए ।


    त्यस बेला संयोजकसहित ९९ केन्द्रीय सदस्यहरुको घोषणा गरिएको थियो । बुधबार भएको महासंघको केन्द्रीय समितिको दोस्रो बैठकले थप ५२ जना केन्द्रीय सदस्य थप गर्दै कार्यसमितिलाई पुर्णता दिएको हो । यस्तै, बैठकले केही समितिको गठनसँगै जिम्मेवारी पनि तोकेको छ ।

    बैठकले ९ सदस्यीय कार्यालय टिम र ४५ सदस्यीय सचिवालय पनि गठन गरेको छ । कार्यलय टिममा संयोजक घर्तिमगरसहित ध्वजमान मोक्तान, घनश्याम भट्ट, गणेश कक्षपती, प्रनिर अधिकारी, राजीव महर्जन, विशाल लामा, वसन्त लामा र सुस्मिता गुरुङ रहेका छन् ।

    यस्तै, बैठकले प्रदेश संयोजक र इन्चार्ज पनि तोकेको छ । प्रदेश एकमा चुडामणी खरेल इन्चार्ज र कमल अघिकारीलाई संयोजक तोकिएका छन् । प्रदेश दुईमा ध्वजमान इन्चार्ज र सन्दीपकुमार सिंह संयोजक, बागमती प्रदेशमा गणेश कंक्षपती इन्चार्ज र वसन्त लामा संयोजक, गण्डकी प्रदेशमा तारामाया थापा इन्चार्ज र दिनेश रोका मगरले संयोजकको जिम्मेवारी पाएका छन् ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशको इन्चाजको जिम्मेवारी घनश्याम भट्टलाई दिइएको छ । सुदूरपश्चिमको संयोजकमा जगतसिंह धामी र कर्णालीको संयोजकमा धनन्जय कठायत रहेका छन् । लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी प्रनिर अधिकारी र संयोजकको जिम्मेवारी सुवास परियारले पाएका छन् ।


    बिहिवार, माघ २९ २०७७०७:५३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij