Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जर्मन क्लब बायर्नले जित्यो फिफा क्लब विश्वकपको उपाधि

जर्मन क्लब बायर्नले जित्यो फिफा क्लब विश्वकपको उपाधि

  • शुक्रवार, माघ ३० २०७७

  • 804
    SHARES

  • जर्मन क्लब बायर्नले जित्यो फिफा क्लब विश्वकपको उपाधि

    एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

    कतारमा बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १-० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।

    अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले निर्णायक गोल गरे । पाभर्डले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए ।

    यससंगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएका छन् । यस्तै बायर्नले पछिल्लो ९ महिनाभित्र ६ उपाधि जित्न सफल भएको छ ।

    पछिल्लो समय बायर्नले यूईएफए सुपर कप, जर्मन सुपर कपको उपाधि जितेको थियो । यस अघि बायर्नले सेमिफाइनलमा इजिप्टको अल एहलीलाई २-० गोल अन्तरले हराएको थियो ।


    शुक्रवार, माघ ३० २०७७०८:२१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij