Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतीय सेना प्रमुखले भने, ‘नेपालसँगै छिमेकी देशहरुमा चीनको प्रभाव बढ्दो छ, हामी सतर्क रहनुुपर्छ’

भारतीय सेना प्रमुखले भने, ‘नेपालसँगै छिमेकी देशहरुमा चीनको प्रभाव बढ्दो छ, हामी सतर्क रहनुुपर्छ’

  • शनिवार, फाल्गुण १ २०७७

  • 1.0K
    SHARES

  • भारतीय सेना प्रमुखले भने, ‘नेपालसँगै छिमेकी देशहरुमा चीनको प्रभाव बढ्दो छ, हामी सतर्क रहनुुपर्छ’

    एजेन्सी । भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपाललगायत भारतका छिमेकी राष्ट्रहरुमा चिनियाँ प्रभाव बढेकाले आफूहरु सतर्क हुनुपर्ने बताएका छन् । आसाम राइफल्स र युनाइडेट इन्स्टिट्युसनले उत्तरपूर्वी क्षेत्रमा बढ्दो सुरक्षा चिन्ताको विषयमा शुक्रबार आयोजना गरेको कार्यक्रम उनले यस्तो बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    ‘नेपाल भारतको पुरानो र दीर्घकालीन साझेदार राष्ट्र हो । तर पछिल्लो समय त्यहाँ चिनियाँ लगानी बढेको छ र त्यहाँ राजनीतिक अस्थिरता देखिएको छ’, उनले भने, ‘चीनको मामिलामा भुटान भने आफ्नो दृष्टिकोणमा सतर्क छ ।’

    सेना प्रमुख नरवणेले बंगलादेशसँग पछिल्लो समय भारतको सम्बन्ध मजबुत बन्दै गएको दाबीसमेत गरेका छन् ।

    नेपाललगायतका देशहरुमा चीनले प्रभाव जमाउन खोज्दा भारतको उत्तरपूर्वी क्षेत्रमा असर परिरहेको नरवाणेको भनाइ छ । उनका अनुसार आफ्ना सेनाको नजर यो बदलावमा रहेको बताउँदै उनले भारत यस क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न तयार र सतर्क रहेकोसमेत प्रतिबद्धता व्यक्त गरे ।

    चीनले इन्डो–प्यासिफिक क्षेत्रका कमजोर मुलुकलाई प्रभावित पार्न खोजेको बताउँदै नरवाणेले कमजोर मुलुकलाई उसले बेल्ट एन्ड रोड इनिसियटिभ्स अवधारणाअनुसार क्षेत्रीय हिसाबमा निर्भर बनाउन खोजेको पनि आरोप लगाएका छन् ।

    सो कार्यक्रममा सेना प्रमुख नरवणेले वास्तविक नियन्त्रण रेखामा चिनियाँ हस्तक्षेप बढेकै कारण भारत र चीनबीच टकराव जारी रहेको पनि भारतीय सेना प्रमुख बताएका छन् ।

    उनका अनुसार वास्तविक नियन्त्रण रेखामा चीनले यथास्थितिको अवस्थालाई परिवर्तन गर्ने कोसिस गरेको छ । चिनियाँ रबैयाकै कारण भारतको भरोसा टुटेको उनको भनाइ छ ।

    हालै भारतीय र चिनियाँ सेनाबीच लद्दाख नजिकैको विवादित क्षेत्र पाङगोङ सो तालबाट पछाडि हट्ने सहमति बनेको थियो । यसप्रति लक्षित गर्दै सेना प्रमुख नरवाणेले चीनकै कारण दुई देशबीच सीमा विवाद बढेको आरोप लगाएका हुन् ।

     


    शनिवार, फाल्गुण १ २०७७०१:०४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij