Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाबुराम भट्टराईको प्रश्नः हामी किन हेग जाने?

बाबुराम भट्टराईको प्रश्नः हामी किन हेग जाने?

  • शनिवार, फाल्गुण १ २०७७

  • 915
    SHARES

  • बाबुराम भट्टराईको प्रश्नः हामी किन हेग जाने?

    काठमाडौँ –पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संक्रमणकालीन न्यायका विषयमा साझा सहमति बनाउनुपर्ने बताएका छन् ।

    सत्य निरुपण र वेपत्ता आयोग ब्लाकमेलिङ गर्ने साधन बन्न नहुने उनले बताए।

    शनिबार आफ्नो नयाँ पुस्तक ‘गुमनाम आमाहरू’ को लोकार्पण कार्यक्रममा भट्टराईले आयोग बनेपछि कतिपय मानिसहरुले हेग जानुपर्छ भन्ने थालेको सुनाए ।

    उनले अघि भने, ‘किन हेग जाने हामी ? यो महान क्रान्ति थियो, क्रान्ति गरे पावत कोही हेग गएको छ?’

    शान्ति सम्झौता र संविधानको अभिन्न अंग भएको भन्दै यसले खेलवाडको विषय बनाउन नहुने बताए ।

    आफूहरुले माओवादी आन्दोलन नभई तत्कालीन माओवादी पार्टीमात्र छाडेको भन्दै उनले जनयुद्ध, मधेस आन्दोलन लगायतबारे साझा बुझाइ हुनुपर्ने बताए ।


    शनिवार, फाल्गुण १ २०७७०६:२४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij