काठमाडौं । नेपाल कस्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण मात्र कु तर्क भएको आरोप लगाउनुभएको छ ।
शनिबार बुटवलमा नेकपाको ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा ओलीले बोलेका विषयलाई लक्षित गर्दै नेता ज्ञवालीले प्रधानमन्त्री कानुन व्यावसायी नभएको भन्दै उहाँका तर्कलाई कु तर्क भन्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भन्नुभयो,“प्रधानमन्त्री पनि संविधानको मातहत हुनेभएकाले उहाँले संविधानभन्दा माथि आफूलाई राख्नु गलत हो, प्रधानमन्त्रीको बोलीबाट उहाँ स्वयच्छाचारी भएको प्रष्ट झल्कने गरेको छ, उहाँले सत्ताको चरम दुरुपयोग गरिरहनुभएको देखिन्छ ।”
आम नेपाली जनताले पनि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरिरहेको उहाँले बताउनुभएको छ ।
निर्वाचन आयोगले तथ्य र प्रमाणका आधारमा निर्णय गर्ने भएकाले नेकपाको आधिकारीकता दाहाल–नेपाल समूहले पाउने नेता ज्ञवालीको दावी छ ।