काठमाडौं । नेपाली काँग्रेसका नेता बद्री पाण्डेले पार्टीभित्र दुई धार नभएको स्पष्ट पार्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भन्नुभयो,“बाहिर आएका खबर तथ्यहीन छन्, नेपाली काँग्रेसमा कुनै दुई धार छैन्, पार्टी एक ढिक्का छ, काँग्रेस लोकतन्त्रको रक्षाका लागि लडिरहेको छ ।”
संसद् विघटनविरुद्ध काँग्रेसले देशब्यापी रुपमा आन्दोलन गरेको दावी उहाँले गर्नुभयो । उहाँले फागुन ३ गते सोमबार देशभरका ७७ वटै जिल्लामा हुने विरोध कार्यक्रम सकिएपछि पार्टीको केन्द्रीय कार्य समितिको बैठक बसेर अर्काे चरणको आन्दोलन गर्ने जानकारी दिनुभएको छ ।
नेकपाका दुवै पक्षले शक्तिको भरमा मानिसहरु जम्मा गरेको आरोप नेता ज्ञवालीले लगाउनुभएको छ । उहाँले बैशाखमा जसरी पनि निर्वाचन हुने भन्ने कुरा हाउगुजी भएको बताउनुभएको छ । प्रधानमन्त्रीको कृत्रिम आत्मविश्वासका कारण सरकार निरह बनेको उहाँले उल्लेख गर्नुभयो ।
फरक प्रसंगमा उहाँले पार्टीको विधान जोगाउन ६ महिना भित्र जुनसुकै कदम चालेर भए पनि काँग्रेसले महाधिवेशन गर्नुपर्ने धारणा राख्नुभएको छ ।