Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत

ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत

  • आइतवार, फाल्गुण २ २०७७

  • 952
    SHARES

  • ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत

    एजेन्सी । अमेरिकी सिनेटमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएको छ ।

    माथिल्लो सदन सिनेटले जनवरी ६ मा संसद भवनमा भएको हिंस्रक आक्रमणमा ट्रम्प संलग्न भएको आरोपबाट मुक्त गरेपछि उनी महाअभियोगबाट जोगिएका छन् । सिनेटमा ट्रम्पविरुद्धको दोस्रो पटकको महाअभियोग प्रस्तावमाथिको सुनुवाइ पछि मतदान भएको थियो ।

    मतदानका क्रममा प्रस्तावको पक्षमा ५७ र विपक्षमा ४३ मत परेको थियो । ट्रम्पलाई दोषी ठहर्याउन आवश्यक दुई तिहाइ बहुमत अर्थात ६७ मत नजुटेपछि उहांमाथिको दोष प्रमाणित हुन नसकेको हो ।

    राष्ट्रपतीय निर्वाचनमा धांधली भएको आरोप लगाउदै आएका ट्रम्पले आफ्ना समर्थकहरुलाई संसद भवनमा आक्रमण गर्न उक्साएको आरोप थियो । उक्त आक्रमणमा ६ जनाको मृत्यु भएको थियो । हिंसात्मक आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागेको हो ।

    तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले जनवरी १३ मा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पारित गरेको थियो । यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महाअभियोग लागेको थियो । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन ।


    आइतवार, फाल्गुण २ २०७७०८:३३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij