Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
संसद् विघटनविरुद्ध प्रदर्शन :

काँग्रेसको आज देशैभर प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने

काँग्रेसको आज देशैभर प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने

  • सोमवार, फाल्गुण ३ २०७७

  • 1.4K
    SHARES

  • काँग्रेसको आज देशैभर प्रदर्शन,  शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं । नेपाली काँग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दै छ । संसद् विघटन गर्ने केपी शर्मा ओलीको कदमविरुद्ध काँग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

    गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली काँग्रेसले जनाएको छ ।
    जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई काँग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने छन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गनुहुने छ ।

    यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्ने छन् ।

    संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको काँग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गर्नुभएको छ ।

    यता, सरकारको विरुद्धमा प्रदर्शनमा उत्रिएको काँग्रेसले आज काठमाडौ उपत्यकामा पनि छुट्टा छुट्टै विरोध कार्यक्रमको तयारी गरेको छ ।

    काँग्रेसको काठमाडौ जिल्ला कार्यसमितिको आयोजनामा काठमाडौको न्यूरोड गेट, असन चोक, क्षेत्रपाटी चोक र परोपकारमाबाट र्‍याली सुरु भई बसन्तपुरमा पुगेर विरोध सभा हुने भएको छ । जिल्ला नेताहरुका अनुसार मध्याहन साढे १२ बजेपछि र्‍याली सुरू हुनेछ भने एक बजेपछि बसन्तपुरमा सभा हुने छ ।

    त्यसैगरी भक्तपुरमा दुधपाटीबाट र्‍याली सुरू भई टौमढीमा पुगेर विरोध सभा गर्ने कार्यक्रम रहेको छ । भक्तपुरको र्‍याली पनि साढे १२ बजे नै सुरु भइ १ बजे विरोध सभा हुने जनाइएको छ ।

    ललितपुरमा भने दिउँसो १ बजे र्‍याली सुरू गरेर २ बजे विरोध सभा गर्ने काँग्रेसको जिल्ला कार्यसमितिले निर्णय गरेको छ । स्थानीय नेताहरुका अनुसार ललितपुरको जावलाखेल चोकबाट र्‍याली सुरु भई लगनखेल चोकमा पुगेर विरोध सभा हुनेछ ।

    ओली सरकारको विरोधकै क्रममा आज महिलाहरूले काठमाडौको बसन्तपुरमा प्रतिकात्मक बिरोध स्वरुप बक्सिङ प्रदर्शन गरेका छन् । 

    त्यसैगरी विवेकशील पार्टीले पनि अहिले राजनीतिक नेतृत्वमा रहेका नेताहरुलाई विदाई गर्न प्रतिकात्मक रुपमा प्रदर्शन गर्न लागेको छ ।

    विवेकशील पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेर बहादुर देउवालाई “पासपोर्ट“ उपहार पठाइदिने भएको छ ।

    विहान साढे १० बजेपछि काठमाडौको माइतीघर मण्डलाबाट पासपोर्ट उपहार दिएर उहाँहरुलाई राजनीतिबाट विदा लिन आह्वान गरिने सो पार्टीले जनाएको छ ।


    सोमवार, फाल्गुण ३ २०७७०९:२३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij