Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेसका जिल्ला सभापतिहरुको बैठक स्थगित

काँग्रेसका जिल्ला सभापतिहरुको बैठक स्थगित

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 1.0K
    SHARES

  • काँग्रेसका जिल्ला सभापतिहरुको बैठक स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भोली बस्ने भनिएको जिल्ला सभापतिहरुको भेला स्थगित भएको छ ।

    बैठकले भोलि केन्द्रीय समिति बैठक आह्वान गरिएकाले जिल्ला सभापतिहरुको बैठक स्थगित गरेको हो ।

    पार्टी विधान र नेपालको संविधान दुवै संकटमा पर्दै गएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराउन पौडेल पक्षीय जिल्ला सभापतिहरुले भोलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय गरेका थिए ।

    जिल्ला सभापतिहरुको भेलाको महत्वलाई मध्यनजर गर्दै सभापति शेरबहादुर देउवाले भोलि केन्द्रीय समिति बैठक आह्वान गरेकाले जिल्ला सभापतिहरुले भेला स्थगित गरेका हुन् ।

    पार्टीको महाधिवेशन र संसद विघटनका विषयमा कांग्रेसले ठोस निर्णय लिनुपर्ने जिल्ला सभापतिहरुको भनाइ छ ।


    मंगलवार, फाल्गुण ४ २०७७०९:४७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij